PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

विदेशी दुराचारी हिरासतमा



पहिलोपोस्ट

विदेशी दुराचारी हिरासतमा
प्रतीकात्मक फोटो : www.esquiremag.ph

काठमाडौं : प्रहरीले एक विदेशी बाल यौन दुराचारीलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शनिवार काठमाडौंको भोटेबहालबाट ६३ वर्षीय जर्मन नागरिक हान्स जर्जेन गुवेव डाहामलाई पक्राउ गरेको हो। 

उनले नाबालकलाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको पीडितका आफन्तले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो। अभियुक्त भोटेवहालस्थिति एक घरमा भाडा लिइ बस्दै आएका थिए। पक्राउसँगै प्रहरीले दुई बालबालिकाको उद्धारसमेत गरेको छ। 

बाल यौन दुराचार कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जबर्जस्ती करणी महल अन्तर्गत बालयौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने व्यवस्था छ।







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell