PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पण्डितहरुको कथा अब फिल्ममा



पहिलोपोस्ट

पण्डितहरुको कथा अब फिल्ममा

काठमाडौं: पण्डितहरुको जीवनकथा अब फिल्ममा प्रसतुत हुने भएको छ। फिल्म ‘पण्डित बाजेको लौरी’ बन्ने भएको हो। आइतबार उक्त फिल्मको औपचारिक घोषणा भयो।

अधृत फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पण्डित बाजेको लौरी’मा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ। फिल्मलाई दीपक ओलीले निर्देशन गर्नेछन्।

एउटा गाँउमा रहेका विभिन्न पण्डितहरुको कथा फिल्मले भन्ने छ। महेश दवाडीको कथा,पटकथा, संवाद रहने फिल्मलाई बिदुर गिरीले खिच्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell