PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

प्रिमियर लिग : एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बर्नमाउथसँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बर्नमाउथसँग पराजित

एक गोलको अग्रता जोगाउन नसक्दा प्रिमियर लिग मा आर्सनल एएफसी बर्नमाउथसँग पराजित भएको छ।

बर्नमाउथले घरेलु मैदानमै पुनरागमन गर्दै आर्सनललाई २-१ ले पराजित गरेको हो। ५२औँ मिनेटमा हेक्टर बेलरिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर बर्सनलको अग्रता लामो समय टिकेन।

७०औँ मिनेटमा बर्नमाउथका कलुम विलसनले गोल गर्दै खेल बराबरी गरे। त्यसको चार मिनेटपछि जोर्डन अवे गोल गर्दै बर्नमाउथलाई जित दिलाए।

हारपछि २३ खेलबाट ३९ अंक जोडेको आर्सनल छैटौँ स्थानमा यथावत छ। उता सिजनको छैटौँ जित हात पारेको बर्नमाउथ २४ अंक जोड्दै १३औँ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell