PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

काम छोडेर आन्दोलनमा उत्रिए नर्स,माघ ७ पछि २४ घण्टा नै ड्युटी छाड्ने



पहिलोपोस्ट

काम छोडेर आन्दोलनमा उत्रिए नर्स,माघ ७ पछि २४ घण्टा नै ड्युटी छाड्ने
फाइल फोटो

काठमाडौं : एक सातादेखि ११ बुँदे माग  राखेर आन्दोलनरत नर्सहरुले आजबाट एक सिफ्टको ड्युटी छाडेका छन। दैनिक एक घण्टा ड्युटी छाडेर १ सातासम्म आन्दोलन गर्दा स्वास्थ्य मन्त्रालयले सुनुवाई नगरेपछि उनीहरुले आन्दोलनमा कडाइ गरेका हुन्।

उनीहरुले अबको तीन दिनसम्म दिनको १० बजेदेखि ३ बजेसम्म ड्युटी छाड्ने घोषणा गरेका छन्। त्यस्तै यी ३ दिनभित्र पनि माग पूरा नभए ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको  सिफ्टमै ड्युटी नजाने उनीहरुको चेतावनी छ।

माघ ७ गतेसम्म पनि माग पूरा नभए २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने नर्सिङ संघले जनाएको छ।

उनीहरु मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई विनासर्त पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना र नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबाट उपलब्ध हुनुपर्ने लगायतका ११ बुँदे माग राखेर आन्दोलनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell