PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

बत्ती चोर्दा करेन्ट लागेर एकको मत्यु



रासस

लहान : करेन्ट लागेर सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डामा गएराति एक युवकको मत्यु भएको छ।

विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर पोखरभिण्डा निवासी २३ वर्षीय गोविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ।

घरमा बिजुली बत्ती बाल्नका लागि हुकिङ गर्ने क्रममा अचानक एक फेज तार चुँडिएर करेन्ट लाग्दा यादवको तत्काल मृत्यु भएको प्रत्यक्षदर्शीले बताए। 
-रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell