PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

उत्तर र दक्षिण कोरियाबीच एउटै हक्की टिम बनाउने विषयमा छलफल



पहिलोपोस्ट

उत्तर र दक्षिण कोरियाबीच एउटै हक्की टिम बनाउने विषयमा छलफल

अघिल्लो साता उत्तर कोरियाले अर्को महिना दक्षिण कोरियामा हुने विन्टर ओलम्पिक्समा आफ्ना खेलाडी पठाउने बताएपछि यी दुई कोरियाबीच सम्बन्धमा सुधारको संकेत देखिएको थियो।

अहिले यी दुई राष्ट्र सम्बन्धलाई अझै सुधार गर्ने अभियानमा छन् र त्यो नयाँ संकेत के हो भने यी दुई राष्ट्रले उक्त ओलम्पिका लागि एउटै आइस हक्की टिम बनाउने विषयमा छलफल गरेका छन्। जसको अर्थ एउटै झण्डामुनी दुई राष्ट्रका खेलाडी सम्मिलित एउटा टिम।

अहिलेसम्म यस्तो हुन सकेको छैन।

इन्टर कोरियन महिला आइस हक्की टिम निर्माण गर्ने प्रक्रियामा दुई पक्षबीच सहकार्य भइरहेको दक्षिण कोरियाका युनिफिकेसन मन्त्रालयका प्रवक्ता बाइक ताय ह्युनले सोमबार जानकारी दिए।

अहिलेसम्म दक्षिण कोरियामा हुने गेम्सका लागि उत्तर कोरियाबाट दुई खेलाडी मात्र छनोट भएका छन् जसमा स्केटर्स रयोम ताए ओक र किम जु सिक छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell