PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

जगजगी सुन तस्करको : ३ महिनामै १ सय ३३ किलो जफत, नसमातिएको कति?



पहिलोपोस्ट

जगजगी सुन तस्करको : ३ महिनामै १ सय ३३ किलो जफत, नसमातिएको कति?

काठमाडौं : केही समयदेखि देशभित्र अवैध सुन तस्करी बढ्दै गएको छ। त्रिभुवन विमानस्थलसँगै स्थलमार्गबाट पनि सुनको तस्करी हुने गरेको छ। भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएसँगै सुन तस्करीमा संलग्न समूह रसुवाको केरुङबाट सुन ल्याउने गरेका छन्।

नेपाल प्रहरीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म मात्र देशभरबाट १ सय ३३ केजी अवैध सुन बरामद गरेको छ। जबकि गत चालु वर्षमा मात्र ९१ केजी सुन बरामद गरेको थियो। चालु वर्षको तीन महिनामा नै यतिका मात्रमा सुन बरामद हुनुले यो आर्थिक वर्षमा सुन तस्करीको मात्र अझै बढ्ने देखिन्छ। यो परिणाम तस्कर असफल हुँदा र प्रहरी सफल हुँदाको परिणाम हो। तस्करी भएर नसमातिएको सुनको परिणाम कसैले आँकलन गर्न सक्दैनन्।

चालु आर्थिक वर्ष २०७१\७२ मा देशभरबाट १ सय ११ केजी सुन प्रहरीले बरामद गरेको थियो। २०७२\७३ मा बरामद सुनको सङख्या घटेर ६८ केजीमा पुग्यो। त्यसपछिका चालु आर्थिक वर्षमा बरामद सुन तस्करीको सङ्ख्या बढ्दै गयो। फितलो कानुनी व्यवस्था र तस्करलाई राजनीतिक संरक्षण भएकाले तस्करहरु सक्रिय भएको प्रहरी अधिकृतहरुको दावी छ। 

गत भदै १९ गते प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरेको थियो। बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ केजी सुन सहित चालक मनोज अधिकारीलाई पक्राउ परेका थिए। तस्करले रसुवा नाका हुँदै सुन राजधानी भित्र्याएको प्रहरी अनुसन्धानमा देखिएको छ।

८८ कजी सुन बरामद भएको पाँच दिनअघि मात्र केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौंका विभिन्न स्थानबाट १४ केजी सुन बरामद गरेको थियो। केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पुर्यानउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखामा एक घर खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन बरामद गरेको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पनि सानो मात्रमा सुन तस्कर गर्नेहरु पक्राउ परिरहेका छन्। ३३ केजी सुन काण्डपछि भने विमानस्थलबाट ठूलो मात्रमा सुन बरामद भएको छैन। अवैधरुपमा भित्र्याएको ५० ग्राम सुनमा २० देखि ३० हजारसम्म फाइदा हुने भएकाले विदेशबाट सुन तस्कर हुने गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपाने बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell