PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

फिल्ममा काम गर्ने अवसरसहित प्रतियोगिता घोषणा



पहिलोपोस्ट

फिल्ममा काम गर्ने अवसरसहित प्रतियोगिता घोषणा

काठमाडौं: आसुसेन फिल्मसले फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ। नयाँ प्रतिभालाई नेपाली फिल्म इन्डस्ट्रीमा मौका दिनका लागि 'एएसएफ लघु फिल्म प्रतियोगिता' घोषणा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतियोगितालाई दुइ चरणमा विभाजन गरेको जनाइएको छ।, पहिलो चरणको प्रतियोगितामा स्क्रिप्ट, स्टोरिलाइनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो चरणमा फिल्महरु बीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणका लागि प्रतियोगीहरुले आफ्नो स्क्रिप्ट फाल्गुन १ सम्ममा आसुसेन फिल्म्सको इमेल आइडी '[email protected]' मा पठाइसक्नु पर्नेछ वा आसुसेन फिल्मसको कार्यालयमा बुझाउन पर्नेछ। पहिलो चरणको परिणाम फाल्गुन १५ मा प्रकाशित हुनेछ। उत्कृष्ट १० प्रतियोगीले स्क्रिप्टमाथि फिल्म निर्माण गर्नका लागि जनही २५ हजार रुपैयाँ पाउनेछन्। दुई महिनाभित्र फिल्म तयार हुनुपर्नेछ। र वैशाख १५ भित्र फिल्म बुझाउनु पर्नेछ। छानिएका प्रतिस्पर्धीलाई फिल्म निर्माण सम्बन्धि तालिम समेत प्रदान गर्ने जनाइएको छ।

उक्त फिल्महरु आसुसेन फिल्म्सको युट्युब च्यानल मार्फत अपलोड गरिनेछ। २०७५ भाद्र १३ गते प्रितियोगिताका विजेताहरु घोषित हुनेछन्। ५ भिन्नाभिन्न्नै विधामा पुरस्कार दिइने बताइएको छ। निर्णायक मण्डलबाट उकृष्ट कलाकार, उत्कृष्ट पटकथा, उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्म पुरस्कृत गरिने हो। युट्युबमा सबैभन्दा बढी हिट्स बटुल्ने फिल्मले 'पब्लिक चोइस' अवार्ड दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell