PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

राएन गिग्स वेल्सको प्रशिक्षकमा नियुक्त



पहिलोपोस्ट

राएन गिग्स वेल्सको प्रशिक्षकमा नियुक्त

राएन गिग्स वेल्सको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। फुटबल एसोसिएसन अफ वेल्सले गिग्सलाई ४ वर्षको लागि प्रशिक्षकमा अनुब्नध गरेको हो।

४४ वर्षीय म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी ग्सले अब क्रिस कोलमनको स्थान लिनेछन्। कोलमनले गत नोभेम्वर वेल्सको जागिर छाड्दै प्रिमियर लिग क्लब सण्डरल्याण्ड रोजेका थिए।

उता गिग्स पहिलो पटक मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएका हुन्। म्यानचेष्टर युनाइटेडमा २०१३ दखि २०१४ सम्म लुइस भानको सहायक प्रशिक्षक रहेका गिग्स २०१४ मा ओद्य्डट्राफोर्ड क्लबको अन्तरिम प्रशिक्षक पिन बनेका थिए।

गिग्सँगै कोलमनका सहायक ओसिएन रोवर्ट्स, वेल्सकै स्ट्राइकर क्रेस बेलामी र मार्क बोवेनसँग संघले इन्टरभ्यु लिएपनि गिग्सलाई छानेको हो।

गिग्सले १९९१ देखि २००७ सम्म वेल्सका लागि खेल्दै ६४ क्याप जितेका छन्।

प्रशिक्षङ्क नियुक्त भएपछि गिग्सले राष्ट्रिय टिमको जिम्मा पाउँदा एकदमै गर्व लागेको बताए। साथै उनले नेशन्स लिग र युरो २०२० को क्वालिफिकेसन मुख्य चुनौती रहेको बताएका छन्।

गिग्सले आगामी मार्चमा चीनमा हुने चाइना कप फुटबलमार्फत वेल्सको प्रशिक्षण सम्हाल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell