PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

इजिप्टमा १९ जना विद्यार्थीलाई पाँच वर्षको जेल सजाय



पहिलोपोस्ट

इजिप्टमा १९ जना विद्यार्थीलाई पाँच वर्षको जेल सजाय

कायरोः मुस्लिम ब्रदरहुड समूहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच वर्षको जेल सजाय तोकेको छ।

इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरुलाई अदालतले आइतबार यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ।  

अल अजार विश्वविद्यालय भने अपदस्त इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्वन्धित र अहिले प्रतिबन्धित विश्वविद्यालय हो। यस्तै मुद्धामा गिजा अपराध अदालतले पनि तीन वर्ष जेल सजायको फैसला सुनाएको थियो।

पुनरावेदन अदालतको सन् २०१५ को फैसलालाई सदर गर्दै अन्तिम फैसला गरिएको हो। पुर्वराष्ट्रपति मोर्सीलाई सन् २०१३ जुलाईमा अपदस्त गरिएको थियो। उनको समर्थनमा आम प्रदर्शन गरिएको थियो।

नेता मोर्सीको पक्षमा रहेको ब्रदरहुड समूहलाई आतङ्कवादी समूहको रुपमा प्रतिबन्ध समेत गरिएको थियो। प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी सयौको मृत्यु भएको थियो। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell