PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

३३ दिनदेखि बन्द किष्ट मेडिकल कलेज आजदेखि खुल्यो



पहिलोपोस्ट

३३ दिनदेखि बन्द किष्ट मेडिकल कलेज आजदेखि खुल्यो

काठमाडौँ: कर्मचारी आन्दोलनका कारण ३३ दिनदेखि बन्द रहेको किष्ट मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि खुल्ने भएको छ। अत्यावश्कीय सेवा बन्द गर्न नमिल्ने उच्च अदालत पाटनको आइतबारको आदेश अनुसार आजदेखि अस्पताल खुला रहेको अस्पताल प्रशासनले जनाएको छ। 

पारिश्रमिक वृद्धि लगायतका माग राखेर कर्मचारीहरुले कलेज बन्द गरेपछि कलेज प्रशासन अदालतसम्म पुगेको थियो। 

कलेल सञ्चालक समितिले सार्वजनिक सूचना जारी गर्दै एमबीबीएस तथा एमडीका स्थगित प्रयोगात्मक परीक्षा चिकित्सा शास्त्र अध्ययन संस्थानको समन्वयमा माघ ५ गतेभित्र तय गरिसक्ने जनाएको छ। एमबीबीएस र एमडीका नियमित कक्षा पनि सुचारु भएको कलेज प्रशासनले जनाएको छ।

आन्दोलनका कारण भएको परीक्षा स्थगित तथा संस्थाबाट प्रवाह हुने अन्य सेवा बन्द भइ परेको मर्काप्रति कलेल व्यवस्थापनले क्षमा मागेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell