PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

रानीपोखरी पुनर्निर्माणबारे महानगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने



पहिलोपोस्ट

रानीपोखरी पुनर्निर्माणबारे महानगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने

काठमाडौँ: निर्माण प्रक्रिया सुरु भइ विवादका कारण रोकिएको रानीपोखरी पुनर्निर्माणका विषयमा काठमाडौँ महानगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको छ। रानीपोखरी पुनर्निर्माण सम्वन्धमा सुझाव दिन गठित सुझाव समितिले हालसम्म तयार पारेको प्रतिवेदनको जानकारी र सुझाव संकलनका लागि सार्वजनिक सुनुवाइ हुन लागेको महानगरपालिकाले जनाएको छ।

सार्वजनिक सुनुवाइ बुधबार दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुनेछ।

विसं. १७२७ मा बनाइएको रानीपोखरी २०७२ वैशाख १२ को भूकम्पले पूर्ण क्षति भएको थियो। भूकम्पको तीन वर्ष पुग्न लागे पनि पुनर्निर्माण भएको छैन।

पुनर्निर्माण यसअघिको पुरातात्विक शैलीभन्दा फरक रुपमा गर्न लागिएको भन्दै विरोध भएपछि अहिले काम स्थगन गरिएको छ। पुनर्निर्माणका विषयमा महानगरका मेयर र उपमेयरबीचमै विवाद भएपछि सुझाव समिति गठन भएको थियो।


के हो रानीपोखरी पुनर्निर्माण विवाद पढ्नुस्ः- 

रानीपोखरी पुनर्निर्माणमा मेयर र उपमेयरबीच विवाद, काम रोक्ने उपमेयरको चेतावनी

रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने, ११ सदस्यीय सुझाव समिति गठन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell