PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

संगीतकार विजय सिंह मुनालको निधन



पहिलोपोस्ट

संगीतकार विजय सिंह मुनालको निधन

काठमाडौं: संगीतकार विजय सिंह मुनालको निधन भएको छ। चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाका अनुसार यात्रामा रहेका उनको धनगढीमा निधन भएको हो।

आइतबार राती खाना खाएर सुतेका उनी बिहान मृत अवस्थामा भेटिएका हुन्। उनको पार्थिव शरीरलाई मङ्गलबार बिहान पशुपतीमा अन्त्यष्टी गरियो।  
मुनालले २०४४ सालमा ‘तिमी मेरी छोरी हौ’ बोलको गीतबाट आधुनिक वाद्यवादनको यात्रा सुरु गरेका थिए। ५ दर्जन भन्दा बढी गीतहरु रेडियो नेपालमा रेकर्ड गराएका मुनालले सयौं गीतहरुमा कङ्गो वादन गरेका छन्। उनका ‘तमासा भएछु म त’, ‘तिम्रो अधरले’ लगायत गीतहरु चर्चामा छन्। बानेश्वर बस्दै आएका मुनाल पछिल्लो समय संगीत प्रशिक्षकको रुपमा सक्रिय थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell