PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सालिमार ज्वेलर्सका संचालक हिरासतमा, प्रहरी भन्छ : ३३ किलो सुन तस्करीमा संलग्न



पहिलोपोस्ट

सालिमार ज्वेलर्सका संचालक हिरासतमा, प्रहरी भन्छ : ३३ किलो सुन तस्करीमा संलग्न

काठमाडौं : विशाल बजार स्थित सालिमार ज्वेलर्सका संचालक राहुल गोयललाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गोयललाई गत पुस २६ गते काठमाडौंबाट पक्राउ गरेको व्यूरोका एसपी जीवनराम श्रेष्ठले बताए।

गत वर्षको पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा भित्र्याएको ३३ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ गरेको हो। व्यूरोले दुई पटक अदालतबाट पाँच/पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको बताएको छ।

 प्रहरीले ३३ जनाविरुद्ध मुद्दा दायर गरेपछि गोयल फरार रहँदै आएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell