PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

राष्ट्रिय पुरुष फुटबल : एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात



पहिलोपोस्ट

राष्ट्रिय पुरुष फुटबल : एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात
फोटो : रासस

तुलसीपुर (दाङ) : सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिमाञ्चलले राखेप च्याम्पियनसिपअन्तर्गत २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुवात गरेका छन्।

दाङको तुल्सीपुरस्थित स्थानीय अरनिको मैदानमा भएको भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मध्यपश्चिमाञ्चललाई १–० गोलले पराजित गर्‍यो। अमित अधिकारीले खेलको ११औं मिनेटमा गरेको गोल नै एपीएफको जितमा निर्णायक बन्यो।

दाङकै घोराहीमा भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० गोलले हरायो। सुदूरलाई जित दिलाउन दिलिप तामाङले ८७औं मिनेटमा गोल गरे। विजेता दुवै टिम सेमिफाइनलमा प्रवेश गर्दा पारजित दुई टिम पहिलो चरणबाटै बाहिरिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा दाङ जिल्ला फुटबल संघको सहआयोजनामा भएको उक्त प्रतियोगिताको न्याय परिषद्का सदस्य पदमप्रसाद बैद्धिकले उद्घाटन गरेका थिए।

प्रतियोगिताअन्तर्गत बुधबार तुल्सीपुरमा पश्चिमाञ्चल र नेपाल पुलिस तथा घोराहीमा पूर्वाञ्चल र त्रिभुवन आर्मीबीच खेल हुनेछ ।

माघ ६ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा पाँच विकास क्षेत्र र ३ विभागीय टिम सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell