PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

शंखमुलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु



पहिलोपोस्ट

शंखमुलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौं: काठमाडौंको शंखमुलमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। बा७२प ११२५ नम्बरको मोटरसाइकल बुधबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने एक जनाको मृत्यु भएको छ। झापा घर भएका ३० वर्षीय मोहन रायमाझीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। रायमाझीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell