A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab012064e7df8.23844122): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab012064e7df8.23844122,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

डोल्पाको शिक्षामा पेमा, छिरिङ र मिलनको संघर्ष
PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

डोल्पाको शिक्षामा पेमा, छिरिङ र मिलनको संघर्ष



सागर बुढाथोकी

डोल्पाको शिक्षामा पेमा, छिरिङ र मिलनको संघर्ष

काठमाडौं: विकट जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा छ -उपल्लो डोल्पा। ९० प्रतिशतभन्दा बढी मानिस त्यहाँ नेपाली नै बोल्न जान्दैनन्। त्यत्तिकै हाराहारीमा छन् पढ्न नपाएकाहरु। विकास निर्माण सुस्त छ, केही छ भने जान्नेबुझ्नेले गर्ने भ्रष्टाचार। विकास निर्माणमा गएको बजेट विकास नै नभइ सकिन्छ। सरकारी दरबन्दीका शिक्षक स्कुल नगइ नै तलब थाप्छन्।

निराशा नै व्याप्त लाग्छ। तर कालो बादलको फेरमा चाँदीको घेरा झै केही सम्भावनाहरु पनि ज्यूँदै छन्। पेमा गोर्जे गुरुङ र उनीजस्ता केही युवाले निराश यो ठाउँमा आशाका दीप प्रज्वलन गरिरहेका छन्।

 

कथा पेमाकै

पेमा गोर्जे गुरुङले १४ वर्षको उमेरसम्म पढ्न नै पाएनन्। उपल्लो डोल्पामा जन्मिएकै कारण पढाइबाट बञ्चित हुनु उनको वाध्यता बन्यो। गाउँमा स्कुल थिएन। अन्यत्र गएर पढ्न अर्थिक अवस्था कमजोर। उनी १५ वर्षको हुँदा पढ्ने इच्छाले एकाएक स्वरुप लियो। स्कुल सकिने उमेरका थिए उनी। सामान्यतय: स्कुल जाने त्यो उमेरमा राम्रो मानिँदैनथ्यो। उनी बुद्धिस्ट फिलोसोफी पढ्न दक्षिण भारतमा गए। भारतमा ८ वर्ष पढेर नेपाल फर्के।

आठ वर्षपछि डोल्पा फर्कँदा डोल्पामा कुनै परिवर्तन थिएन। स्कुल खासै थपिएका थिएन। भएका स्कुलमा पहिले झै शिक्षक अभाव। धेरै बालबालिका त स्कुल नै नजाने। जानैपर्छ भन्नेहरु पनि थिएनन। सरकारी कोटाका शिक्षकको मनलाग्दीले पढाइ हुने कुरै भएन। एकातिर अशिक्षा अर्कोतिर वेथिति। आँखैमुनि भएको गलत कामविरुद्ध आवाज उठाउने थिएनन्।

दिनानुदिन गाउँको हालत खराब हुँदै थियो। गुरुङले गाउँमा बालबालिका पढाउने निर्णय गरे।

तर, सजिलो थिएन। बुद्धिष्ट फिलोसोफी अध्यन गरेका गुरुङलाई नेपाली भाषा नआउने। पुरै उपल्लो डोल्पाका जनताहरु पनि तिब्बतीयन मुलको भाट भाषा बोल्ने। गुरुङले डोल्पाली जनताहरुलाई सचेत गराउन आवश्यक ठाने।

एकमात्र विकल्प शिक्षा देखे उनले। जनतालाई सचेत गराउन उनी गाउँको सरकारी स्कुलमा पढाउन सुरु गरे, भोलेन्टियरको रुपमा। उनले त्यहाँ तिब्बती भाषा पढाउन थाले। उनको साथमा अन्य विषय पढाउने साथीहरुको सहयोग त छँदैथियो।

अहिले उनी उपल्लो डोल्पाको शिक्षा बढाउन मरिमेटी लागेका छन्। समस्याका शिखर सानो छैन, तै पनि भिडिरहेका छन्।

 

उस्तै कथा छिरिङको

आठ वर्ष अघिदेखि उपल्लो डोल्पामा पढाइरहेका छन्- छिरिङ सामदुप गुरुङ। उनको कथा पनि उस्तै छ –  उनले पनि बुद्धिष्ट फिलोसोफी अध्यन गरेका छन्। उनले सानैमा काठमाडौं आएर पढे। पेन्टिङ सिके। र, अन्त्यमा डोल्पाको भद्रगोल देखेर आफ्नै गाउँको शिक्षामा योगदान दिन लागिपरे। अहिले उनी छार्का विद्यालयको कोअर्डिनेटर हुन्।


कालो बादलमा चाँदीका घेराजस्ता देखिएका पेमा र छिरिङले देशकै ठूलो जिल्ला डोल्पाको समस्या समाधान गर्न सक्ने कुरा होइन। किनकि उज्यालोलाई कालो बादलले पूरै ढाकेको छ। उपल्लो डोल्पाका धेरै सरकारी स्कुलमा अझै सरकारी शिक्षक पुगेका छैनन्। सरकारको बेवास्ताको कारण  स्कुलको प्रगति हुन सकेको छैन। आर्थिक अवस्थाले स्कुल जान नसक्ने बालबालिकाहरु धेरै छन्। छिरिङ भन्छन्, ‘सरकारी स्कुल हामीमा निर्भर छ। सरकारी शिक्षक कता के गर्छन थाहा हुन्न। हामी बिना तलब आफ्नो ठाउँको विकासको लागि काम गरिरहेका छौँ।’

राजनीतिक भागबण्डाले शिक्षक राखेका कारण स्कुल नआउने शिक्षकलाई केही गर्न नसकेको छिरिङको गुनासो छ। भन्छन्, ‘हामीजस्तो आफ्नै इच्छाले पढाउन गएकाहरु उनीहरुले कुरा सुन्दैनन्। स्कुल भवन बनाउनेदेखि लिएर अन्य विविध कुराहरु परिवर्तन जरुरी छ। तर त्यसमा कसैले ध्यान दिँदैन।’

हिउँद ६ महिना डोल्पामा पढाएर उनीहरु गर्मी महिनामा काठमाडौँ आउने बताउँछन्। विद्यार्थीहरुको स्टेसनरीको लागि काठमाडौं आएर सहयोग जुटाउँछन्। लामा समुदायका मानिसहरुबाट पनि सहयोग पाएका छन्। केही विदेशी संस्थाहरुले पनि उनीहरुलाई सहयोग गरेको छ।

 

सघाउँदै मिलन थारु

मिलन थारु डोल्पामा जन्मिएका हैनन्। तर, डोल्पाली बालबालिका पढाउनकै लागि उनीहरु डोल्पा पुगेका हुन्। इन्फरमेसन टेक्नोलोजीमा स्नातकोत्तर सकाएका उनले सुरुवाती दिनमा अनेक किसिमका काम गरे। काम गर्दैजाने क्रममा अहिले उनी डोल्पा बच्चाहरु पढाउन पुगेका छन् 'स्नो याक फाउन्डेसन'को माध्यमबाट।


मिलन बिनापारिश्रमिक बच्चाहरु पढाउन डोल्पा पुगेका हुन्। स्नो याक फाउन्डेसनले सपोर्ट गरेको स्कुलको प्रोजेक्ट म्यानेजर हुन् उनी। डोल्पाको समस्या समाधान गर्न स्थानीय नै लागेकाले अबको केही समयमा डोल्पाको विकास हुने उनको तर्क छ। भन्छन्, ‘डोल्पामा अपार सम्भावना छन्।’
 

पढ्नुस् :- काठमाडौँको ‘केटो’ डोल्पाको ‘हिरो’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell