PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

दिउँसो ३ बजे पुन: बस्ने गरी मन्त्रिपरिषद्को बैठक स्थगित



नेत्र तामाङ

दिउँसो ३ बजे पुन: बस्ने गरी मन्त्रिपरिषद्को बैठक स्थगित

काठमाडौं: राजनीतिक दलबीचमा प्रदेश प्रमुख सिफारिसमा सहमति हुन नसकेपछि आज बिहानलाई बोलाएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। बुधबार दिउँसो ३ बजेसम्मलाई बेठक स्थगित गरिएको हो।

प्रदेश प्रमुखको सिफारिस र अस्थायी राजधानी तोक्ने सरकारको सबै तयारी पुरा भइसकेको र अाजै बस्ने बैठकले टुङ्गो लगाउने सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।  माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गरिसक्न निर्वाचन आयोगले ताकेता गरिरहेको छ। माघ ७ गते निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनतर्फ मतदाता नामावली प्रकाशन गर्दैछ। प्रदेश प्रमुख तोकिएको समयमा नियुक्त नभए राष्ट्रियसभा निर्वाचन कार्यतालिका प्रभावित हुने आयोगको चेतावनी छ।

यसअघि सरकारले प्रतिनिधिसभा निर्वाचन लगतै प्रदेश प्रमुख सिफारिसको तयारी गर्दै केही नाममा समेत छलफल गरेको थियो। तर आफूहरुसँग परामर्श समेत नगरी प्रमुख सिफारिस गर्न लागेको भन्दै वाम गठबन्धनले आपत्ति जनाएपछि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी चयनको निर्णय गर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell