PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मन्दिरमा मृत भेटिएका सैंजुको हत्या अभियोगमा तीन पक्राउ



पहिलोपोस्ट

मन्दिरमा मृत भेटिएका सैंजुको हत्या अभियोगमा तीन पक्राउ

काठमाडौं: भक्तपुरको ब्रह्मयणी मन्दिरमा बुधबार बिहान मृत भेटिएका ५५ वर्षीय सीताराम सैंजुको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ। 

हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। टाउको पछाडि इँटा प्रहर भएको देखिएकाले हत्या भएको हुन सक्ने आशंकामा तीन जनलाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यलय भक्तपुरका डिएसपी कृष्ण प्रसाईले बताए।

चाँगुनारायण वडा नम्वर ९ घर भएका सैंजुले मदिरा सेवन गरेको र कसैसँग विवाद भएर हत्या गरिएको हुन सक्ने अनुसन्धानमा देखिएको छ।
सैंजुको मृत्युबारे अनुसन्धान भइरहेको र शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell