PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

अनमोल केसी 'बेनेली नेपाल'को पहिलो ब्राण्ड एम्बासडर



पहिलोपोस्ट

अनमोल केसी 'बेनेली नेपाल'को पहिलो ब्राण्ड एम्बासडर

काठमाडौं: युवा अभिनेता अनमोल केसी बेनेली बाइकको लागि पहिलो नेपाल ब्राण्ड एम्बासडर नियुक्त भएका छन्। बेनेलीको आधिकारिक फेसबुक पेजमा उक्त जानकारी दिइएको छ।

अनमोलले पनि आफ्नो बाइक मोह बारे बोल्दै गरेको भिडियो सार्वजनिक गर्दै आफू बेनेली राइडर्स ग्रुपसँग जोडिएको बताएका हुन्।

इटालियन मोटरसाइकल बेनेलीको लागि पहिलोपटक नेपाल एम्बासडर चयन भएको हो। यसअघि कोही पनि एम्बासडरको रुपमा चयन भएका थिएनन्। बेनेली राइडर्स ग्रुपले प्रचारात्मक राइडहरु आयोजना गर्दै आएको थियो।

अनमोल केसी बेनेली एम्‍बासडरको रुपमा दुई वर्षका लागि अनुबन्धित भएको जानकारी पहिलोपोस्टलाई दिइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell