PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

नर्सको माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले बनायो वार्ता टोली



पहिलोपोस्ट

नर्सको माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले बनायो वार्ता टोली

काठमाडौं: ८ दिनदेखि आन्दोलनरत नर्सहरुको माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले वार्ता समिति गठन गरेको छ। मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिका सदस्यमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा छन्। 

११ बुँदे माग लिएर आन्दोलनमा उत्रेका नर्सहरुले आज माइतीघरमा र्याली गरेका छन। यस अघि उनीहरुले सेवा छाड्ने, कालोपट्टी बाँध्ने लगायतका आन्दोलनका कार्यक्रम गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell