PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

नर्सको तलब पाँच हजार! श्रमशोषण बन्द गर भन्दै यसरी आन्दोलनमा उत्रिए

नर्सको तलब पाँच हजार! श्रमशोषण बन्द गर भन्दै यसरी आन्दोलनमा उत्रिए

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं: ८ दिनदेखि ११ बुँदे माग  राखेर आन्दोलनरत नर्सहरु आज माइतीघर मण्डलामा उत्रिएका छन्। 

मुखमा कालो मास्क,  पाखुरामा कालो पट्टी र हातमा पम्प्लेट बोकेर उनीहरु सडकमा उत्रिएका हुन्। आठ दिनदेखि आन्दोलन गर्दा सरकारले वार्ता गर्न पहल नगरेको कारण सडकमा उत्रिन बाध्य भएको नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले बताइन। 

यसअघि उनीहरुले दिनको एक घण्टा र ३ घण्टाको दरले ड्युटी छोडेर क्रमश आन्दोलन कडाई गर्दै लगेका थिए। अबको ३ दिनभित्र पनि माग पूरा नभए ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको  सिफ्टमै ड्युटी नजाने केसीले चेतावनी दिइन। 

माघ ७ गतेसम्म पनि माग पूरा नभए २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने उनले बताइन। 

नर्सलाई अस्पताल प्रशासनले मासिक पाँच हजार तलबमा काम गराउन बाध्य बनाउने र दुर्व्यवहार गर्ने गरेको आन्दोलनमा उत्रिएका नर्सहरुको दाबी छ। 

सरकारले नर्सहरुको माग सम्बोधन गर्न आजै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको छ।

छोरीको आन्दोलन, सहभागी आमा : किन रोइन् मायादेवी?



ट्रेन्डिङ पोस्ट

Ncell