PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

सरकारले तोक्यो सात प्रदेशको अस्थायी राजधानी, कुन प्रदेशमा कुन ठाउँ?



बीपी साह

सरकारले तोक्यो सात प्रदेशको अस्थायी राजधानी, कुन प्रदेशमा कुन ठाउँ?

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले सात प्रदेशको अस्थायी राजधानी तोकेको छ। 

रक्षामन्त्री भीमसेन दास प्रधानले जनाए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।

राजधानीको विषयमा सुझाव दिन सरकारले एउटा समिति गठन गरेको थियो। त्यो समितिले तीन प्रदेशमा एउटा मात्र र बाँकी चार प्रदेशमा विभिन्न सहरको विकल्प दिएको थियो। 

समितिले एउटा मात्र विकल्प दिएका प्रदेशहरुमा प्रदेश नम्बर २, ४ र ६ थियो।

समितिले प्रदेशको राजधानी तोक्न भौतिक पूर्वाधार, यातायातको सुगमता, प्रशासकीय सुगमता, भौगोलिक केन्द्र, ऐतिहासिक महत्व र सुरक्षाको व्यवस्थालाई मापदण्ड तोकेको थियो। 

प्रदेश नम्बर १ मा धनकुटा र इटहरी विकल्पमा थियो। प्रदेश नम्बर ३ मा केन्द्रको राजधानी काठमाडौँ बाहेक बनेपा, धुलिखेल विकल्पमा थियो।

प्रदेश नम्बर ५ मा तुल्सीपुर, दाङ र बुटवल विकल्पमा थियो भने प्रदेश नम्बर ७ मा धनगढी र दिपायल विकल्पमा थियो।

प्रदेश राजधानीको अन्तिम टुङ्गो भने सम्बन्धित प्रदेश सभाको दुई तिहाई बहुमतले लगाउने प्रावधान संविधानमा छ। दुई तिहाई बहुमतले कुनै स्थान तोक्न सकेन भने अस्थायी राजधानीमै सबै काम हुनेछ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell