PahiloPost

May 14, 2025 | १ जेठ २०८२

जनकपुर मुकाम तोकिएपछि वीरगंज तनावग्रस्त, प्रधानमन्त्रीको पुत्ला दहनदेखि चक्काजाम हुँदै

जनकपुर मुकाम तोकिएपछि वीरगंज तनावग्रस्त, प्रधानमन्त्रीको पुत्ला दहनदेखि चक्काजाम हुँदै

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरग‌ंज: मन्त्रिपरिषदले प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेको विरोधमा वीरग‌ंजमा तनाव सूरु भएको छ।

वीरगंजलाई प्रदेश २ को मुकाम तोक्नुपर्ने माग राख्दै १३ दिनअघि देखि अनशन बस्दै आएका प्रमुख दलका स्थानीय नेताहरुले सरकारको निर्णयको तीव्र विरोध गरेको हो।

अनशनरत नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नेताहरुले सरकारको निर्णयको विरोध गर्दै वीरगञ्जको घन्टाघरमा प्रदर्शन गरेका छन् भने आधा घन्टा चक्काजाम गरेका छन्।

उनीहरुले केही गाडीमासमेत तोडफोड गरेका छन्। यसैगरी भोलि वीरगंज बन्दको आह्वान गरिएको एमालेका पूर्व सभासद् राजकुमार गुप्ताले बताए।

यता मधेशवादी दल राजपाका नेता शिव पटेल र संघीय समाजवादी फोरम पर्साका नेता सुन्दर कुर्मीको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन्।

वीरगंजको माइस्थानमा पुत्ला दहनपछि उनीहरुले आफूहरु वीरगंज बन्दको पक्षमा नरहेको र अनशन बसेका ठुला दलका नेताहरुलाई राजधानी गएर वीरगञ्जलाई मुकाम तोक्न दबाव दिन सुझाव दिएका छन्। 

आफ्नै पार्टी सरकारमा रहेकाले अनशनमा बसिरहन नसुहाउने बरु काठमाडौं गएर दबाव दिएमा राम्रो हुने राजपाका नेता शिव पटेलले बताए।

 


ट्रेन्डिङ पोस्ट

Ncell