PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

प्रदेश मुकाम नतोकिएको भन्दै दीपायलमा अनिश्चितकालीन आमहड्तालको घोषणा, कांग्रेस र एमाले नेताको पुत्ला दहन



पहिलोपोस्ट

प्रदेश मुकाम नतोकिएको भन्दै दीपायलमा अनिश्चितकालीन आमहड्तालको घोषणा, कांग्रेस र एमाले नेताको पुत्ला दहन
फोटो: प्रकाश वम

काठमाडौंः डोटीको सदरमुकाम दीपायललाई प्रदेश ७ को मुकाम नतोकेको भन्दै यहाँ प्रदर्शन भएको छ।

प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, देउवा पत्नी आरजु देउवा, एमाले उपाध्यक्ष भीम रावललगायतको पुत्ला दहन गरेको उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए।

मन्त्रिपरिषद्ले बुधबारमात्र धनगढीलाई प्रदेश ७ को अस्थायी मुकाम तोकेको छ। यसअघि सुदुरपश्चिमाञ्चलको क्षेत्रीय सदरमुकामसमेत रहेको दीपायललाई मुकाम नतोकेर यहाँको इतिहास मेट्न खोजेको संघका अध्यक्ष खड्काको आरोप रहेको छ।

मन्त्रिपरिषद्को निर्णयको विरोधमा बिहिबारबाट दीपायलमा अनिश्चितकालीन आम हड्ताल हुने उनले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell