PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चितुवाको छाला र हड्डी सहित २ जना पक्राउ



नरहरि पौड्याल

चितुवाको छाला र हड्डी सहित २ जना पक्राउ

पोखरा : केन्द्रिय प्रहरी अनुसन्धान व्यूरो र ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले तनहुँको आँबुखैरेनी-४ मुग्लिङ पुल नजिकैबाट ३ वटा ध्वाँसे चितुवाको छाला र हड्डीसहित २ जनालाई पक्राउ गरेको छ।

मुग्लिङ पुल नजिकै पृथ्वी राजमार्ग सडक खण्डमा चेकजाँचका लागि खटीएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा१५च ७४५६ नम्बरको स्कारपियो जिपमा शंका लागि चेकजाँच गर्दा ध्वाँसे चितुवाको छाला र हड्डी फेला परेको हो।

गाडीमा रहेको कालो रंगको सुटकेश भित्र लुकाई छिपाई राखेको अवस्थामा ३ वटा ध्वाँसे चितुवाको छाला र हड्डी फेला पारेको हो। घटनामा संग्लग्न भएको आरोपमा प्रहरीले २ जनालाई  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्कार्पियोका चालक नुवाकोट शिबपुरी गाउँपालिका बस्ने २८ वर्षका भिम बहादुर तामाङ र गोरखा सुलिकोट गाउँपालिका २ बस्ने ३५ वर्षका ईत बहादुर तामाङ छन्। पक्राउ परेका दुवै जनालाई छाला, हड्डी र सवारी साधन समेत आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय तनहुँ दमौली पठाएको प्रदेश नम्बर ४ प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell