PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

विन्टर ओलम्पिक : दुई कोरिया एउटै झण्डा मुनी मार्चपास गर्ने, एउटै हक्की टिम निर्माण गर्ने सहमती



पहिलोपोस्ट

विन्टर ओलम्पिक : दुई कोरिया एउटै झण्डा मुनी मार्चपास गर्ने, एउटै हक्की टिम निर्माण गर्ने सहमती

उत्तर कोरिया र दक्षिण कोरियाले अर्को महिना हुने विन्टर ओलम्पिकमा एउटै झण्डामुनी मार्चपास गर्ने भएका छ।न् यस्तै दुई कोरियाले एउटै महिला हक्की टिम निर्माण गर्ने सहमती समेत गरेको छ।

दुईवर्ष पछि दुई कोरियाबीच भएको उच्चस्तरिय भेटवार्वाता पछि यो निर्णयहरु भएको हो।

विन्टर ओलम्पिकस फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियाको प्योङ्गचाङमा हुँदैछ र एक साता अघि भएको भेटमा उत्तर कोरियाले दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरिसकेको छ।

यदी योजना अनुसार नै हुने हो भने २३० चियलिडर्स, १४० अर्केस्ट्रल म्युजिसियन र ३० तेक्वान्दो खेलाडीहरु बोर्डर ल्याण्ड पार गरे दक्षिण पुग्ने बीबीसीले उल्लेख गरेको छ।

यसैगरी उच्चर कोरियाले मार्चमा हुने पारालम्पिक्सका लागि १५० सदस्यीय डेलेगेसन पठाउने सहमती समेत गरेको छ।

यता एउटै हक्की टिम निर्माण गर्ने सम्मबन्धमा भने दक्षिण कोरियाको प्रशिक्षक र समाचारपत्रहरुले चासो देखाएका छन्। उनीहरुले यस्तो भए दक्षिण कोरियाले मेडल जित्ने सम्भावनालाई ड्यामेज गर्ने प्रतिक्रिया दिएका छन्।

र यो सबै निर्णयक इन्टरनेशनल ओलम्पकि कमिटी (आइओसी)को शनिबार लाउसाने, स्विट्जरल्याण्डमा हुने मिटिङले अप्रुभ गर्नुपर्नेछ, किनकी उत्तर कोरियाले विन्टर ओलम्पिक्सका लागि रजिस्ट्रेसन डेडलाइन गुमाइसकेको छ।
 

Koreas to march under single 'united' flag in Olympic Games



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell