
रिप्ले खेलमा नर्वीच सिटीलाई पेनाल्टीसुआउटमा ५-३ ले पराजित गर्दै चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। यसअघि भएको खेल बराबरीमा सकिएपछि यी दुईबीच पुन: खेल भएको हो।
इंगलिसमा फुटबलमा भिडियो रेफ्री प्रविधि विवादित बनेको खेलमा चेल्सीका दुई खेलाडीले रातो कार्ड पाए। तर चेल्सी पेनाल्टीसुटमा जित हात पार्दै अगाडी बढ्यो।
निर्धारित र थप गरिएको ३० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। जसमा चेल्सीका पाँचै खेलाडीले गोल गरे। नर्विचका नेल्सन ओलेभिएराको पेनाल्टी चेल्सीका गोलकिपर विलि काबालेरोले बचाए।
चेल्सीका लागि विलियन, डेभिड लुइज, सेजार अजप्लिक्एटा, एन गोलो कान्टे र एडेन हाजार्डले गोल गरे। नर्विचका लागि जेम्स म्याडिनसन, मारियो भ्रानसिस र जोस मर्फि गोल गर्न सफल भए।
त्यसअघि निर्धारित समयको ५५औँ मिनेटमा विलियनले गोल गर्दै घरेलु मैदानमा चेल्सीलाई अग्रता दिलाएका थिए। तर इन्जुरी टाइमको चौथो मिनेटमा नर्विचका जमल लेविसले गोल गर्दै चेल्सी जितबाट रोक्दै खेल अतिरिक्त समयतर्फ धकेलेका थिए।
चेल्सीका पेड्रो रोड्रिग्वेज ११७औँ तथा अलभारो मोराटा १२०औँ मिनेटमा दोहोरो पहेँको कार्ड खादै मैदान बाहिरिएका थिए। दुवैलाई डाइभिङका कारण पहिलो पहेँलो कार्ड देखाइएको थियो।
पेड्रोले ११७औँ तथा मोराटाले १२०औँ मिनेटमै पहिलो पहेँलो कार्ड पाएका थिए।
यस्तै पिप्ले खेलमा स्वान्सी सिटीले उल्भरह्याम्प्टन वन्डर्सलाई २-१ तथा विगन एथ्लेटिकले एएफसी बर्नमाउथलाई ३-० ले पराजित गर्दै चौथो चरणमा स्थान बनाएका छन्।
यससँगै एफ ए कपको चौथो चरणको समिकरण पूरा भएको छ।