PahiloPost

May 14, 2024 | १ जेठ २०८१

प्रदेश राजधानीको सकसः वीरगन्जमा बिहानैदेखि प्रर्दशन



राधेश्याम पटेल

प्रदेश राजधानीको सकसः वीरगन्जमा बिहानैदेखि प्रर्दशन

वीरगंज: सरकारले प्रादेशको अस्थायी राजधानी जनकपुरलाई तोकेपछि अशान्त बनेको वीरगंजमा बिहीबार बिहानैदेखि प्रर्दशन सुरु भएको छ। असन्तुष्टहरुले आज वीरगंजमा बजार तथा यातायात बन्द आह्वान गरेका छन्।  

बन्दकर्ताले बिहानैदेखि घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। माइस्थान, मुर्ली, पावरहाउस, गण्डकलगायतका क्षेत्रमा पनि बन्दकर्ता समूहले सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्। छोटो तथा लामो दूरीका सवारी सञ्चालनमा आएका छैनन्।

सार्वजनिक बिदा भएकोले सरकारी कार्यालय र स्कुल बन्द छन्। प्रदेश २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगंज असन्तुष्ट बन्दै बन्द हडताल तथा प्रदर्शनमा जुटेको हो।

अस्थायी राजधानी माग गर्दै वीरगंजमा १३ दिनदेखि रिले अनशन जारी छ। संघर्ष समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका नेताहरुको सक्रियता छ।

वीरगंज राजधानी नभएसम्म अनशन नरोकिने संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले बताए। विरोधमा मधेशी गठबन्धनले साथ दिएको छ। भौतिक संरचनाका हिसावले वीरगंज उपयुक्त भएकोले वीरगंजलाई राजधानी बनाउनु पर्ने माग उनीहरुको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell