PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

फोहोरको थुप्रोबाट सात दिनको शिशुको उद्दार, उपचारका लागि अस्पताल पुर्‍याइयो



पहिलोपोस्ट

फोहोरको थुप्रोबाट सात दिनको शिशुको उद्दार, उपचारका लागि अस्पताल पुर्‍याइयो

काठमाडौं: फोहोरको थुप्रोमा फालिएको एक नवजात शिशुको प्रहरीले जीवितै उद्धार गरेको छ।

काठमाडौंको चावहिल स्तुपा नजिकै फोहोरको थुप्रोबाट प्रहरीले नवजात शिशुको उद्धार गरेको हो। बिहीबार बिहानै झोलाभित्र रोइरहेकी अन्दाजी ७ दिनकी शिशुलाई प्रहरी वृत गौशालाको टोलीले उद्धार गरेको हो।

बिहान करिव सवा ४ बजे गस्तीमा रहेको टोलीले फोहोरको थुप्रोमा बच्चा रोएको सुनेपछि गएर हेर्दा नवजात शिशु फेला पारेको थियो। शिशुलाई उद्धार गरी उपचारको लागि काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पठाइएको प्रहरीले जनाएको छ। शिशु फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell