PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

डिट्ठा साबको फिल्म 'चङ्गा' घोषणा



पहिलोपोस्ट

डिट्ठा साबको फिल्म 'चङ्गा' घोषणा

काठमाडौं: हास्य टेलिश्रृङ्खला डिट्ठा साबबाट चर्चामा आका कलाकार किशोर भण्डारीले फिल्म बनाउने भएका छन्। उनले बुधबार फिल्म 'चङ्गा' निर्माण घोषणा गरेका हुन्।

फिल्मलाई भण्डारी स्वयंमले निर्देशन गर्दैछन्। बुद्धी तामाङको मुख्य भूमिका रहने फिल्ममा अन्य कलाकारहरु कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतको अभिनय रहनेछ। फिल्मको कथा पनि किशोर आफैंले लेखेका हुन्। कमेडी जनरामा बन्ने फिल्म युनिटले २०७५ को जेठ ११ गतेलाई रिलिज टार्गेट गरेको छ।

रविन आचार्यले खिच्ने फिल्ममा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell