
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आइसीसी प्लेअर अफ दी अवार्ड जितेका छन्। साथै कोहलीले आइसीसी क्याप्टेन अफ दी इ अर र वान डे प्लेअर अफ दि इअरको अवार्ड समेत जिते।
अष्ट्रेलियन कप्तान स्टिभ स्मिथले टेष्ट क्रिकेट अफ दी इअरको अवार्ड जिते।
‘म सर गार्फिल्ड सोबर्स ट्रफी जित्दै छु र यो मेरो लागि एकदमै ठूलो सम्मान हो।’ कोहली भने। ‘हाम्रो विश्व क्रिकेटका सम्भवत यो सबैभन्दा ठूलो अवार्ड हो। दुई भारतीय खेलाडीले लगातार यो अवार्ड जित्नुले अझ विशेष बनेको छ। गत वर्ष आर आश्विन यस पटक म यो पाउँदैछु।’
कोहलीले गत वर्ष टेष्टमा २२०३, वान डे मा १८१८ तथा टी-२० मा २९९ रन बनाएका थिए।
यस्तै स्मिथले पनि टेष्ट क्रिकेटरको अवार्ड जित्दा खुशी व्यक्त गरे। ‘टेष्ट प्लेअर अफ दि इअर अवार्ड जित्नु ठूलो सम्मान हो।’
कोहलीकै कप्तानमा आइसीसी टेष्ट टिम अफ दि इअर र आइसीसी वान डे टिम अफ दि इअर घोषणा भएको छ। अष्ट्रेलियाका डेविड वार्नर, इंगल्याण्डका बेन स्टोक र दक्षिण अफ्रिकाका क्वेन्टन डे कक पनि दुवै टिममा समावेश छन्।
यस्तै आइसीसी इमर्जिङ प्लेअर अफ दि इअरको अवार्ड पाकिस्तानका हसन अलीले जिते। टी-२० परफरमेन्स अफ दी इअरको अवार्ड भारतका युजभेन्द्र चहालले जिते। उनले इंगल्याण्ड विरुद्ध २५ रन खर्चेर ६ विकेट लिएका थिए।
यसैगरी २०१७ मा ६० विकेट लिंएका अफगानिस्तानका रसिद खानले एसोसिएट क्रिकेट अफ दि इअरको अवार्ड जिते।
भारतलाई हराउँदै पाकिस्तानले च्याम्पियनसिप ट्रफी जितेको मुममेन्ट फ्यान्स मोमेन्ट अफ दि इअरको अवार्ड प्रदान गरिएको छ।
डेविड शेफर्ड ट्रफी फर द अम्पाएर अफ इअरको अवार्ड मराइस इरासमसले जितेका छन्।