PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पूर्व मन्त्री गिरीले गरे कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार, प्रदेश अस्थायी मुकाम विवादमा



नेत्र तामाङ

पूर्व मन्त्री गिरीले गरे कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार, प्रदेश अस्थायी मुकाम विवादमा

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सरकारले प्रदेशको अस्थायी मुकाम तोकेको विषयलाई लिएर आलोचना भएको छ।

केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका दीपक गिरीले प्रदेश अस्थायी केन्द्र तय गर्ने सरकारी निर्णयमाथि असन्तुष्टि जनाएका थिए। कडा रुपमा प्रस्तुत भएका गिरीले दाङलाई प्रदेशको अस्थायी मुकाम नबनाएकोमा सरकारको आलोचना मात्र गरेनन्, बीचमै उठेर बैठकसमेत बहिस्कार गरे। 

प्रधान मन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा गिरीले आलोचना गर्दै निस्किएपछि पार्टी सभापति एवम् प्रधान मन्त्री शेरबहादुर देउवाले उनलाई बोलाएका थिए। देउवाले उनलाई फिर्ता बोलाएर सम्झाउने प्रयास समेत गरे। देउवाले यो अस्थायी मुकाम मात्र भएको भनेर सम्झाउने प्रयास गरेका थिए।

तर, सरकारको निर्णयको कडा आलोचना गरेका उनी देउवाले थामथुम लगाउँदा चुप बसेनन्। बरु बैठक नै बहिस्कार गरेर बालुवाटारबाट बाहिरिए। राष्ट्रिय सभा निर्वाचन लगायका मुद्दामाथि कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell