PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

मधेशको मसिहा बन्दै डाक्टर गोविन्द केसी, अनशन र आन्दोलनपछि झरे तराई



सागर बुढाथोकी

मधेशको मसिहा बन्दै डाक्टर गोविन्द केसी, अनशन र आन्दोलनपछि झरे तराई

काठमाडौं : वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसी विद्यार्थी र डाक्टरहरुको टोली लिएर रौतहट पुगेका छन्। रौतहटको गढीमाई नगरपालिकामा इट्टाभट्टा क्षेत्रमा रहेका सर्वसाधारण लागि न्यानो कपडा र ३ सय ब्याल्याङ्केट लिएर डाक्टर केसीको टोली हिजो रौतहट पुगेको हो।

जाडोको कारण तराईको जनजीवन कष्टकर बनेपछि कपडा र औषधि वितरण गर्न डा केसीको टोली रौतहट पुगेको हो। सर्वोच्च अदालतका प्रधान न्यायाधीशविरुद्ध अनशन बसेका डाक्टर केसीलाई सर्वोच्चले मानहानीको मुद्दा लगाउँदै फागुन ८ गते अदालत उपस्थित हुन तारिख दिएको छ।

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनबाट बर्खास्तीमा परेका प्राध्यापक डाक्टर शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि अनशन थालेका थिए।

पुस २४ गते पक्राउ परेका केसी रिहा भएलगतै चिसोबाट पीडित नागरिकको सहायताका लागि जुटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell