PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कांग्रेसमा महासमिति बैठकको माग, देउवाले भने : पहिले हारको गम्भीर समीक्षा



नेत्र तामाङ

कांग्रेसमा महासमिति बैठकको माग, देउवाले भने : पहिले हारको गम्भीर समीक्षा

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा तीन वटा बुँदामा छलफल भइरहेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा तीनवटा विषयले प्रवेश पाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाए।

शर्माले भने, ‘सबै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पार्टीका सबै साथीहरुलाई बधाई दिनुभयो। निर्वाचनमा जति मतदाताले कांग्रेसलाई मतदान गर्नुभयो उहाँहरुलाई आभार प्रकट गर्नुभयो। र, निर्वाचनमा हारको विषयमा समीक्षा गर्ने भन्नुभएको छ। तेस्रो विषय चाहिँ राष्ट्रिय सभामा कसरी जाने भन्नेबारे छलफल हुने भएको छ।’

प्रधानमन्त्री देउवाले कांग्रेस गम्भीर समीक्षाको चरणमा प्रवेश गरेको र यसले एक सातासम्म यसबारे छलफल हुन सक्ने उल्लेख गरेको शर्माले जानकारी दिए।

युवा नेताहरुले भने समीक्षा पछि महासमिति बैठक बोलाउन माग गर्नुका साथै कांग्रेसको रुपान्तरण, प्रदेश सभाको अस्थायी राजधानीबारे असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेस बैठकमा विधान संशोधन गर्ने विषय पनि प्रवेश गरेका छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, चन्द्र भण्डारी, कल्याण गुरुङलगायत सात जनाले आफ्नो भनाइ राखिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell