PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदार आमन्त्रित सदस्य



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदार आमन्त्रित सदस्य

काठमाडौं : निर्वाचनपछि पहिलोपटक बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका नेताहरु पनि सहभागी भएका छन्।

सरकारमा उपप्रधान मन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदार लगायत फोरमबाट कांग्रेस प्रवेश गरेका नेताहरुसमेत बैठकमा सहभागी भएका हुन्।

बैठकमा गच्छदारको तह निर्धारण नहुँदा आमन्त्रित सदस्यका रुपमा उपस्थित भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

शर्माले भने, ‘हालै कांग्रेसमा समाहित भएको फोरम अध्यक्ष विजयकुमार गच्छदारलाई पोजिसन के रहने, कुन तहमा रहने भन्ने कुरामा छलफल भएर टुंगो नलागेकाले उहाँ आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बैठकमा उपस्थित हुनुहुन्छ।’

केन्द्रीय समितिको सदस्य साँझसम्मै जारी रहने शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell