PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

दोस्रो दिदीबहिनी राष्ट्रिय महिला भलिबल फागुनमा



पहिलोपोस्ट

दोस्रो दिदीबहिनी राष्ट्रिय महिला भलिबल फागुनमा
फोटो : एनएसजेएफ

काठमाडौं : पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो दिदीबहिनीको आयोजनामा दोस्रो दिदीबहिनी राष्ट्रिय महिला भलिबल फागुनमा हुने भएकव छ। आयोजकले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फागुन २२ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो।

सयौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापन भएको रेडियोले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा दोस्रो संस्करण गर्न लागेको रेडियो दिदीबहिनीका अध्यक्ष कल्पना चापागाईले बताइन्।

प्रतियोगितामा साविक विजेता न्यू डायमण्ड, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, पश्चिमाञ्चल र आयोजक टिमले प्रतिस्पर्धा गर्नेछन्।

६ टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार हात पार्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, क्विकर, ब्लकर, डिफेण्डर, सर्भर लाई पिन नगदसहित ट्रपी प्रदान गर्ने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell