PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

फिफा वरियतामा नेपालको ६ स्थान सुधार



पहिलोपोस्ट

फिफा वरियतामा नेपालको ६ स्थान सुधार

काठमाडौं : विश्व फुटबलकव सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वर्षको पहिलो वरियतामा नेपालले ६ स्थान सुधार गरेको छ। २०१८ जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान सुधार गर्दै १६५औँ स्थानमा उक्लेको हो।

दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत ३ स्थान सुधार गर्दै १०२औँ स्थानमा उक्लेको छ। यसैगरी ५ स्थान सुधार गरेको माल्दिभ्स १५०औँ स्थानमा उक्लेको छ।

एक स्थान गुमाएको भुटान १८८औँ स्थानमा झरेको छ भने बंगलादेश १९७औँ तथा श्रीलंका २ सयौँ स्थानमा यथावत छ।

विश्व वरियतमा शीर्ष दशमा कुनै परिवर्तन नहुँदा जर्मनी शीर्ष स्थानमा यथावत छ। यस्तै ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो तथा बेल्जियम पाँचौ स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell