PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

कांग्रेस केन्द्रीय समितिमा २९ जनाले धारणा राखे, बैठक पुन: भोलि ११ बजे बस्ने 



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समितिमा २९ जनाले धारणा राखे, बैठक पुन: भोलि ११ बजे बस्ने 
रासस

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि पुन: बस्ने भएको छ।

आज बिहान ११ बजेबाट सुरु भएको बैठकमा २९ जनाले आफ्नो भनाइ राखेपछि बैठक भोलिका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए। कांग्रेसमा सभापतिबाहेक ८० जनाको कार्यसमिति रहेको छ।

बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवारी चयनकाबारेमा छलफल गर्ने भनिएपनि बहुप्रतिक्षित बैठक भएकाले केन्द्रीय सदस्यहरुले निर्वाचनको हारबारे प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग आक्रोश पोखेका थिए।

बैठकमा केन्द्रीय सदस्य दीपक गिरी सरकारले अवैज्ञानिक ढंगले प्रदेशसभाको अस्थायी मुकाम तोकिएको भन्दै बैठकबाट बाहिरिएका थिए।

बैठकको सूरुमै प्रधानमन्त्री देउवाले छलफलका लागि तीन बुँदा प्रस्तुत गरेका थिए। जसमा सम्पूर्ण तहको निर्वाचन सम्पन्न भएको र यसमा कांग्रेसकै सफलता भन्दै बधाई ज्ञापन, निर्वाचनको समीक्षा र माघ २४ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारी चयन रहेका थिए।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell