PahiloPost

May 14, 2024 | १ जेठ २०८१

वीरगंज बन्द खुल्यो, दबावमुलक कार्यक्रम जारी, पूर्व सभासद गुप्ता भन्छन्: ‘प्रधानमन्त्रीले धोका दिए’



राधेश्याम पटेल

वीरगंज बन्द खुल्यो, दबावमुलक कार्यक्रम जारी, पूर्व सभासद गुप्ता भन्छन्: ‘प्रधानमन्त्रीले धोका दिए’

वीरगंज: वीरगंज राजधानी बनाउनु पर्ने माग राख्दै बिहीवार अह्वान गरिएको एक दिने बन्द संघर्ष समितिले आज साँझ ५ बजेपछि फिर्ता लिएको छ। घण्टाघरमा कोण सभाको आयोजना गर्दै बन्द फिर्ता लिएको संघर्ष समितिले जानकारी गराएको हो । तर राजधानी मागको अन्य दावादमुलक, अनशन, जुलुस, धर्नालागतयको कार्यक्रम जारी रहने समितिले जनाएको छ।

संघर्ष समितिका सहसंयोजक तथा पूर्व सभासद् राजकुमार गुप्ताले भने, ‘बिहीवारको बन्द सफल भएको छ, सहयोगी वीरगंजका व्यापारी, कर्मचारी, कार्यकर्ता तथा उद्योगीमा धन्यवाद, तर राजधानीको लागि अन्य कार्यक्रम चलिरहने छ ।’

शुक्रबार दिउँसो १ बजे विशाल जुलुश प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले जानकारी गराए ।

पूर्व सभासद समेत रहेका एमाले नेता गुप्ताले राजधानी तोक्नुको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र मधेसवादी दलका अगुवा नेताले धोका दिएको  आरोप लगाए। ‘वीरगंज राजधानी बनाउनु पर्ने भन्दै हामी काठमाडौ गएर प्रधानमन्त्री देउवालाई भेटेका थियौ,उनले वीरगंज नै राजधानी बन्छ भनेर वचन दिए,’नेता गुप्ताले भने, ‘तर काठमाडौबाट फर्केको दुई दिनपछि जनकपुर अस्थायी राजधानी तोकियो।’ वीरगंज राजधानीको माग लिएर काठमाडौं पुगेको टोलीलाई मधेसी गठबन्धनका नेता महन्थ ठाकुर,राजेन्द्र महतो र उपेन्द्र यादवले भेटन पनि नचाहेको पनि बताए।

दुई साता देखि रिले अनशन गर्दै आएको संघर्ष समितिले सरकारले गरेको निर्णय फिर्ता नलिए सम्म आन्दोलनको कार्यक्रम जारी राख्ने बताए। बन्द खुल्ला गरिएपछि साझ ६ बजे पछि वीरगंजबाट छोटो तथा लामो दुरीका सवारी साधन चल्न थालेका छन भने बजार पनि खुलेको छ।

शुक्रवार शैक्षिक सस्था,बजार,उद्योग कलकरखाना तथा सरकारी कार्यालय पनि निर्वाद रुपले सञ्चालनमा आउने भएका छन्। बन्दको अह्वानको कारण वीरगंजका आसपासको जनजीवन दिन भर प्रभावित बनेको थियो। कांग्रेस,एमाले ,माओवादी नेता कार्यकर्ताहरुले सहभागिता रहेको
बन्दकर्ताहरुले आज विहानै बाट घण्टाघर, माईस्थान, मुर्ली, पावरहाउस, गण्डक, परवानीपुरलगायत चोकमा टायर बालेर प्रदर्शन गर्नुको साथै ३ वटा सवारी साधनमा टोडफोट गरेका थिए ।

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले घण्टाघर चोकमा आज बिहान बा १२ च ७३६५ नम्बरको निजी सुजुकी कार , ना ४ च ३०८१ नम्बरको टाटासुमो र ना १ ह ५४८० नम्बरको इ रिक्सामा तोडफोड गरेका थिए। बुधवार दिउँसो सरकारले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगंज उग्र बन्दै चक्काजाम गर्नुको साथै बन्द हडतालमा उत्रेको थियो।

मधेसी दल भन्छ बन्दको अर्थ छैन

यसैवीच, मधेशवादी दलको नेताहरु वीरगंज बन्दको अर्थ नरहेको बताएका छन्। उनीहरुले केन्द्र तहमा आफनै शीर्ष नेताले राजधानी तोकेको र जिल्लामा केही नेताहरु राजनीति स्वार्थ सिद्ध गर्न वीरगंज बन्द गराएको संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यबाहक अध्यक्ष सुन्दरप्रसाद कुर्मीले बताए। उनले संघीयता मास्न शिर्ष दलका जिल्ला नेतागण उग्र देखिएको बताए। हिम्मत छ भने केन्द्रीय नेताले गरेको फैसला विरुद्ध पार्टीमै अवाज उठाउन आग्रह गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell