PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

नवनियुक्त प्रदेश प्रमुखको आज शपथग्रहण



पहिलोपोस्ट

नवनियुक्त प्रदेश प्रमुखको आज शपथग्रहण

काठमाडौँ: नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनियताको शपथ आज हुने भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त गरी पद तथा गोपनियताको शपथ गराउने संवैधानिक व्यवस्था छ।

राष्ट्रपति कार्यालयले शपथको समय निश्चित गरिसकेको छैन। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार अपराह्न ४ बजे शपथको तयारी गरिएको छ। बिहीबार सार्वजविक विदा परेका कारण नियुक्ति र शपथको कार्यक्रम हुन नसकेको अधिकारीले बताए।  
सरकारले बुधबार सात प्रदेशको अस्थायी राजधानी तोक्दै प्रदेश प्रमुख सिफारिस गरेको थियो। 

जसमा प्रदेश १ का लागि डा. गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख चयन गरिएको छ। 

संवैधानिक व्यवस्था अनुसार पद तथा गोपनियताको शपथपछि उनीहरुले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell