PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रदेशसभामा विजयी २२० समानुपातिक सांसद्ले निर्वाचित प्रमाणपत्र लिँदै



पहिलोपोस्ट

प्रदेशसभामा विजयी २२० समानुपातिक सांसद्ले निर्वाचित प्रमाणपत्र लिँदै

काठमाडौँः निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित भएका २२० सांसद्लाई आज निर्वाचित भएको प्रमाणपत्र दिँदैछ।

बुधबार निर्वाचित भएको घोषणा गरेसँगै प्रमाणपत्र बुझ्नका लागि आयोगले सम्वन्धित उम्मेदवारलाई सूचित गरिसकेको छ।

प्रदेश प्रमुख नियुक्त नभएको भन्दै आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको एक महिनापछि निर्वाचित सदस्यलाई विजयी प्रमाणपत्र दिन लागेको हो। प्रमाणपत्र हस्तान्तरण गरेपछि आयोगले प्रदेशसभातर्फको सम्पूर्ण निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनेछ। 

प्रदेश प्रमुखले प्राप्त निर्वाचन परिणाम अनुसार प्रदेश सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ। सोभन्दा पहिले संसद्को अधिवेशन आह्वान हुनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell