काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्म 'लालपुर्जा' र 'पिंजडा ब्याक अगेन' सार्वजनिक भएका हुन्।
निगम श्रेष्ठ लिखित तथा निर्देशित फिल्म 'लालपुर्जा'ले जग्गाको लागि हुने विवादको कथा भन्छ। फरक शैलीमा प्रस्तुत गरिएको कथा लेखनमा फिक्सन डिजाइनर कुमार नगरकोटी पनि लेखकको रुपमा प्रस्तुत छन्। फिल्ममा विपिन कार्की, सौगात मल्ल, हरिहर शर्मा, मेरुना मगर, मेनुका प्रधान, कामोश्वर चौरासिया, कमलमणी नेपाल आदी कलाकारको अभिनय रहेको छ।
त्यस्तै फिल्म 'पिंजडा ब्याक अगेन'लाई हिमाल केसीले निर्देशन गरेका हुन्। एक्सन प्रधान सोसियल ड्रामामा निखिल उप्रेती, सारा शिर्पाली, कुशाग्र भट्टराई, पुकार भट्टराई, सुस्मिता केसी लगा़तको अभिनय रहेको छ।
दुबै नेपाली फिल्मले सिंगल स्क्रिन साथै मल्टिप्लेक्समा सो पाएका छन्। फिल्म 'डाइङ क्यान्डल' युनिटले पनि केही मल्टिप्लेक्समा फिल्म पुन: प्रदर्शनमा ल्याएको छ।
यो साता नेपालको लागि कुनै पनि नयाँ बलिउड र हलिउड फिल्म रिलिज भएनन्।