PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

फिल्म 'रोमियो एण्ड मुना': माघबाट चैत, चैतबाट फागुन र फागुनबाट चैत



पहिलोपोस्ट

फिल्म 'रोमियो एण्ड मुना': माघबाट चैत, चैतबाट फागुन र फागुनबाट चैत

काठमाडौं: फिल्‍म रिलिज टार्गेट मिट नहुनु र मिट नगराइनु नौलो कुरा रहेन। नेपाली फिल्महरुले तीन चारपटकसम्म फिल्म रिलिज सारिरहेका छन्। यस्तै सूचीमा रहन गयो फिल्म 'रोमियो एण्ड मुना' पनि। फिल्मको चौथोपटक रिलिज तय भएको छ।

रोमियो एण्ड मुनाले सुरुमा माघ २६ लाई रिलिज मिति तोक्यो। आन्तरिक समस्याका कारण बताउँदै दोस्रो पटक चैत २३ लाई टार्गेट गरेको थियो। तर दोस्रोपटक पनि फिल्म रिलिज तोकिएको समयमा नहुने भएसँगै फिल्म रिलिज प्रिपोन्ड गर्दै फागुन ११ गतेलाई तेस्रो रिलिज टार्गेट बनायो। अब फागुन ११ गते पनि फिल्म रिलिज नहुने भयो। चैत २ गतेदेखि फिल्म पर्दामा उत्रने निर्माता प्रशन्न गोपालीले जानकारी दिए।

पोस्ट प्रोडक्सनको काम समयमा नसकिएकाले रिलिज टार्गेट परिवर्तन गर्नु परेको उनले बताए। नरेश कुमार केसीको लेखन तथा निर्देशन रहेको फिल्म रोमियो एण्ड मुनाको टिजर, पोस्टर र दुई गीत सार्वजनिक भैसकेका छन्।

फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ, सुस्मा कार्की, प्रज्वल सुजल गिरी, सुरक्षा पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell