PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

'इन्टु मिन्टु लण्डनमा'को फस्टलुकमा साम्राज्ञी र धिरज



पहिलोपोस्ट

'इन्टु मिन्टु लण्डनमा'को फस्टलुकमा साम्राज्ञी र धिरज

काठमाडौं: फिल्म 'इन्टु मिन्टु लण्डनमा'को फस्टलुक सार्वजनिक भएको छ। फिल्मको ७५ प्रतिशत छायांकन पुरा हुँदा फिल्मका दुई मुख्य कलाकारको लुक्स रिलिज गरिएको हो।

कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशकिय डेब्यु फिल्मको नेपालमा खिच्नु पर्ने सबै र युकेमा खिच्नु पर्ने पहिलो तालिका पुरा भएको रेनशाले जानकारी दिइन्। 

फिल्मको बाँकी २५ प्रतिशत, बसन्त ऋतुको अवसर पारेर चैत, वैशाखको समयमा युकेमै छायांकन गरिनेछ। पहिलो तालिका अन्तर्गत डिसेम्बरमा युके ‘फेस्टिभ’ सिनहरु खिचिएको छ।

प्रज्ज्वल समशेर जबरा र रेनशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका छ। यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘रानी’बाट सरुकले अभिनयमा डेब्यु गरेका थिए। 

आभास कर्माचार्यको संवाद रहेको फिल्मलाई शैलेन्द्र धोज कार्कीले खिच्दै छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell