PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

डिल्लीबजार कारागारबाट तार काटेर कैदी फरार, प्रहरी नै अनुसन्धानको घेरामा



पहिलोपोस्ट

डिल्लीबजार कारागारबाट तार काटेर कैदी फरार, प्रहरी नै अनुसन्धानको घेरामा

काठमाडौ: डिल्लीबजार जेलबाट दुई कैदी भागेका छन्। लुटपाट तथा डकैती मुद्दामा जेल परेका टीकाबहादुर थापा र भुपाल थापा फरार भएका थिए। भुपाललाई भने प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी पूर्णचन्द्र जोशीले बताए।

बिहीबार राति कारागारमा रहेको गलैंचा कारखानाको तार काटेर उनीहरु भागेका थिए।

प्रहरीको मिलोमतोमा कैदी भागेको हुन सक्ने भन्दै प्रहरीले डिउटीमा रहेका प्रहरीमाथि नै अनुसन्धान सुरु गरेको जोशीले बताए। प्रहरी कैदी भागेका विषयमा अनुसन्धान समिति बनाएर छानविन गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell