PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रिमियरमा फिल्म 'लालपुर्जा' कलाकारको मुड

प्रिमियरमा फिल्म 'लालपुर्जा' कलाकारको मुड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: विहीबार फिल्म 'लालपूर्जा'को प्रिमियर भयो। कार्यक्रममा फिल्मका सम्पूर्ण मुख्य कलाकार सहित युनिटको उपस्थिती रह्यो। विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, कुमार नगरकोटी, मेरुना मगल लगायत प्रिमियरको केन्द्रमा रहेका थिए।

फिल्ममा कथा तथा निर्देशन निगम श्रेष्ठको रहेको छ। फिल्म लेखनमा श्रेष्ठलाई फिक्सन डिजाइनर कुमार नगरकोटीले साथ दिएका छन्। फिल्ममा अन्य कलाकार कमलमणी नेपाल, मिश्री थापा, मेनुका प्रधान, कामेश्वर चोरासिया लगायतको अभिनय रहेको छ। फिल्मले जग्गा विवादको कथा भन्छ।

लालपुर्जा शुक्रबारदेखि सिंगल स्क्रिन एवं मल्टिप्लेक्समा प्रदर्शनरत छ।



ट्रेन्डिङ पोस्ट

Ncell