PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

थारु भाषाको गीति एल्बम 'हमर दिल' सार्वजनिक



पहिलोपोस्ट

थारु भाषाको गीति एल्बम 'हमर दिल' सार्वजनिक

थारु भाषाको गीतहरु संग्रह सार्वजनिक भएको छ। आधुनिक गीति एल्बम 'हमर दिल' विहीबार एक माघी विशेष सांकृतिक कार्यक्रमको अवसरमा विमोचन गरिएको हो।

६ गीत समावेश एल्बममा चार गायक गायिकाले स्वर दिएका छन्। पुरुषतर्फ आरसी चौधरी र भिभाष चौधरी साथै महिलातर्फ सुनिरा चौधरी र अनुमा चौधरीले आवाज दिएका हुन्। एल्बमका गीतहरुमा भिभाष चौधरीकै शब्द तथा संगीत रहेको छ। गीतहरुको हाल अडियो मात्र सार्वजनिक गरियो। गायक आरसी चौधरीले दिएको जानकारी अनुसार गीतको भिडियो बनाउने तयारी हुँदैछ। भने,'हाललाई स्थानीय रेडियोहरुमा बजाउनको लागि गीतको अडियो उपलब्ध गराएका छौं।'

आरसीका अनुसार थारु भाषा तथा कला उत्थानका लागि थारु कला केन्द्रमार्फत संयुक्त एल्बम निकालेका हुन्। पेशाले इन्जिनियर रहेका उनी कलाकारितामार्फत थारु भाषा उत्थान तथा प्रवर्द्धन गर्न चाहन्छन्। उनका अनुसार हौसला, प्रेरणा र बजारको कमीले थारु भाषी कलाकारहरु लुकेर रहेका छन्। भने,'बिस्तारै सबै उमेर समुहका थारु गायक गायिकालाई जोड्न थारु आइडल घोषणाको तयारी गर्दैछौं।' थारु कला केन्द्रमार्फत समुदायका थुप्रै प्रतिभा बाहिर निस्कन सक्ने उनको विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell