PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

दोस्रो दिन के हुँदैछ कांग्रेस केन्द्रीय समितिको बैठकमा?



पहिलोपोस्ट

दोस्रो दिन के हुँदैछ कांग्रेस केन्द्रीय समितिको बैठकमा?
फाइल फोटो : रासस

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः आज बिहान ११ बजेबाट सुरु भएको छ।

बैठकमा केही नेताले बोलिसकेपछि दिउँसो ४ बजे बस्नेगरी स्थगित गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीका बुबाको निधन भएपछि बैठक केहीबेर प्रभावित भएको हो।

अहिले कांग्रेस नेताहरु पशुपतिमा जोशीका पिता गजेन्द्रराजलाई श्रद्धाञ्जलि दिन पुगेका छन्।

अब बस्ने बैठकमा दर्जन नेताले आफ्नो भनाई राखेपछि केन्द्रीय समितिको बैठक सकिने कांग्रेस कार्यालय सचिव डा प्रदीप पराजुलीले जानकारी दिए।

बिहीवार सुरु कांग्रेस बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयनले विषय प्रवेश पाएको छ। त्यसैगरी कांग्रेसले निर्वाचनमा हार व्यहोरेको बारेमा पनि नेताहरुले सभापति देउवासँग आक्रोश पोखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell