PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रदेश नम्बर ४ बाट एमालेका राष्ट्रिय सभाका उम्मेदवार सिफारिस



पहिलोपोस्ट

पोखरा : एमाले प्रदेश कमिटी ४ नम्बर प्रदेशले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ। सिफारिस अनुसार खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम परेको छ। अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामबहादुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सूर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ।

भागवण्डाका क्रममा एमालेको पोल्टामा परेको दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दिपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell